काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सुरु भएको छ। आज शंखमुलस्थित ए–वन क्याफेमा बैठक सुरु भएको हो।
आफू पक्षका नेताहरुको जिम्मेवारी खोस्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले एकलौटी निर्णय गरेपछि खनाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठक बसेको हो।






