Home / Politics / केपी ओलीलाई केही दिनभित्रै बिदाइ गर्ने कसरतमा छौँ – प्रचण्ड

केपी ओलीलाई केही दिनभित्रै बिदाइ गर्ने कसरतमा छौँ – प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बुटवलमा आयोजित कार्यकर्ता भेलामा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीको प्रवृत्तिलाई प्रतिगामी भनेकाले आफूहरु सरकारमा रहिरहन नहुने बताएका छन्।

उनले नेकपा एमालेका नेता माधवकुमार नेपाल, प्रतिपक्षी दलहरु नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग छलफल गरेर मात्रै सरकारलाई दिएको समर्थन फिर्ता लिने बताए। “सबैसँग समझदारी बनाएर समर्थन फिर्ता लिँदा सरकार ढल्छ। नगरी फिर्ता लिँदा फेरि अप्ठ्यारो आउन सक्छ,” उनले भने।

प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी (जसपा)का १८–२० सांसदहरुलाई पैसा र मन्त्रीको प्रलोभनमा पारेर आफूतिर लैजान लागेको आरोप पनि उनले लगाए। “जनता समाजवादी पार्टीलाई फकाउने, नभए पनि कुनै न कुनै तरिकाले पैसा, मन्त्री दिएर १८–२० सांसद् लगेर बहुमत कायम गर्ने कसरत उनको छ,” प्रचण्डले भने।

कांग्रेस र जसपासँग मिलेर अविश्वासको प्रस्ताव राखी ओलीलाई केही दिनभित्रै बिदाइ गर्ने कसरतमा आफूहरु रहेको पनि उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *