काठमाडौं : गायक हेमन्त शर्माको नयाँ गीत ‘हेलो सिस्टर’ सार्वजनिक गरिएको छ। गीतमा हेमन्त शर्मा स्वयम् आफै र समीक्षा अधिकारीले स्वर भरेका छन्।
गीतमा शब्द रचना तथा संगीत गायक स्वयंको छ। प्रेम भाव समेटिएको गीतको भिडियो पनि सार्वजनिक गरिएको छ।
यस गीतको भिडियोमा पल शाह, रियासा दाहाल र गरिमा शर्माका साथै फिचर्ड भिडियोमा गायक शर्मालाई पनि देख्न सकिन्छ।
नवराज उप्रेतीले खिचेको भिडियो सम्पादन सुप्रिम पराजुलीलले गरेका छन्।भिडियो निर्देशन शिभ विकले गरेका छन्।






