Home / Society / आज महाशिवरात्रि पर्व भगवान शिवको पूजा तथा आराधना गरी मनाइँदै।

आज महाशिवरात्रि पर्व भगवान शिवको पूजा तथा आराधना गरी मनाइँदै।

आज फागुन कृष्ण चतुर्दशी अर्थात महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा तथा आराधना गरी आज देशभर मनाइँदैछ।

पर ब्रह्मले फाल्गुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा , आराधना , दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय बिस्वाद रहेको छ।

आज वैदिक सनातन हिन्दू धर्मावलम्बी नदी , कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धा भक्ति पूर्वक पूजा तथा आराधना गर्ने गर्द्छ्न।

महाशिवरात्रि कालरात्रि , मोहरात्रि , सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराण लगायतका ग्रन्थमा उल्लेख गरीएको छ।

कोरोना महामारीका कारण अघिल्लो बर्ष शिवरात्रिमा सर्बसधारणलाइ निशेध गरिएकोमा यस वर्षमा पनि पशुपति क्षेत्रमा विगत वर्षका महाशिवरात्रिको भन्दा साधुसन्तको आगमन घटेको छ।

महाशिवरात्रिको अघिल्लो दिनसम्म चार हजार भन्दा बढि साधुसन्त आउने गरेकामा यस वर्ष अहिलेसम्म १ हजार ५ सय साधुसन्त र करिब १०० जना जती नागाबाबाको उपस्थिति रहेको पसुपती गुठी सस्थाँले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *