काठमाडौं : मोरङको बिराटनगरबाट मानव बेचबिखनमा संलग्न दुईजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका १६ बस्ने प्रेमबहादुर मगर र सोही महानगरपालिका १५, पशुपति टोल बस्ने ३४ वर्षीय काजी तामाङ छन्।
सिन्धुपाल्चोकबाट काठमाडौं हुँदै दुईजना महिलालाई होटेलमा काममा लगाइदिन्छु भन्दै विराटनगरमा बोलाएर रोजगारी दिलाइदिने बहानामा भारतमा लागि बेचबिखन गर्ने उद्देश्यले विराटनगर महानगरपालिका १६, दक्षिण गेटमा ल्याएको भन्ने जाहेरी परेकोले उनीहरुलाई पक्राउ गरेको हो।






