Home / Nepal / News / कर्णालीमा बेपत्ता तीनजना अझै फेला परेनन्, दुई शवको पोस्टमार्टम हुँदै

कर्णालीमा बेपत्ता तीनजना अझै फेला परेनन्, दुई शवको पोस्टमार्टम हुँदै

काठमाडौं : सोमबार कर्णाली नदीमा दैलेखकी एक महिला चार सन्तानसहित डुबेर बेपत्ता भएकी थिइन्। दुई जनाको लास भेटिएको छ भने ति महिलासहित उनका दुई सन्तान अझै फैला परेका छैनन्।

आठबिस नगरपालिका–३, निमाइलकी ३५ वर्षीया सुकी बडुवालले चार छोराछोरीसहित कर्णाली नदीमा हाम फालेको स्थानीयले बताएको प्रहरीले जनाएको छ। प्रहरीले घटनास्थल राकम पुगेर अनुसन्धान गरिरहेको छ। घटनास्थलमा जिल्लास्थित उच्च प्रहरी अधिकारी पनि पुगेका छन्।

सुकी बडुवालका दुई छोरी १४ वर्षीया कल्पना र १२ वर्षीया सरिताको शव सोमबारै अछाममा भेटिएको थियो। ती शवको आज पोस्टमार्टम गरिने कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी वसन्त पन्तले जानकारी दिए। उनीहरुको सबमा बाहिरी चोट केही पनि देखिएको छैन। पोस्टमार्टमपछि थप कुरा खुल्न सक्ने उनको भनाइ छ।

आमा सुकीसँगै १० वर्षीय छोरा ललित र ५ वर्षीया छोरी रजनीको शव भेटिएको छैन। स्थानीयले सुकीले कर्णाली नदीमा हाम फालेको बताए पनि प्रहरीले भने घटनाको वास्तविकता अनुसन्धान भइरहेको जनाएको छ।

सुकीका श्रीमाने मानसिंह बडुवाललाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *