काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका स्थायी कमिटी सदस्य रघुजी पन्तले पेरिसडाँडामा जारी स्थायी कमिटी बैठकबारे जानकारी दिँदै पार्टी एकता जोगाउने सम्भावना खोज्नुपर्ने बताएका छन्।
पन्तले प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छलफल गरेर पार्टी एकताको सम्भावना खोज्नुपर्ने बताएका छन्।
उनले सर्वोच्चको फैसला राजनीतिक भएको बताए। “अदालतको फैसला अलिक बढी राजनीतिक भएको छ भन्ने कुरा भएको छ। एकता महत्त्वपूर्ण थियो । एकताको जोगाउने सम्भावना खोज्नुपर्छ। केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले कुराकानी गर्नुपर्छ भन्ने कुरा राखेँ,” उनले भने।






