Home / Politics / कसैले हटाउन सक्छ भने हटाओस्, आउँदो चुनावमा दुई तिहाई ल्याएर सिंहदरबार फर्किन्छु – ओली

कसैले हटाउन सक्छ भने हटाओस्, आउँदो चुनावमा दुई तिहाई ल्याएर सिंहदरबार फर्किन्छु – ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीति कतातिर जान्छ भन्ने कुराले अदालतको फैसलाको मूल्यांकन हुने बताएका छन्।

मंगलबार झापाको बिर्तामोडमा पूर्वाञ्चल क्यान्सर अस्पताल उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूलाई कसैले हटाउन सक्छ भने हट्न तयार रहेको तर त्यो सहज भने नहुने बताएका छन्। उनले सर्वोच्च अदालतको फैसलाको विषयमा केही नबोल्ने र कार्यान्वयन गरेर अघि बढ्ने बताए।

“कसैले हटाउन सक्छ भने अहिले हटाओस्। तर, सजिलो छैन। खुसीसाथ हट्छु। डेढ वर्षपछि त चुनाव आइहाल्छ। दुईतिहाइका साथ सिंहदबार फर्किन्छु,” उनले भने।

उनले नेपाली जनताका लागि काम गर्ने र ‘कम्फरटेबल’ सरकार चाहिएको बताए। यही फागुन २३ गते प्रतिनिधिसभाको बैठक राम्रोसँग सञ्चालन हुने पनि उनले बताए।

नेपाल विश्वकै सबैभन्दा कम खर्चमा स्वास्थ्य उपचार र परीक्षण गर्ने देश भएको उनको भनाई छ। उनले नेपालको माटोमा डिजिटल नक्सा बनाइसकेपछि कृषि क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको समेत बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *