ताप्लेजुङ : ताप्लेजुङको दोश्रो ठुलो दोभान बजारमा आगलागी हुँदा ४० घर जलेर पूरै नष्ट भएका छन्। मेरिङ्देन गाउँपालिका ३ खाम्लुङमा विहान ९ बजेदेखि आगलागी सुरु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख बालरनसिंह राणाले जानकारी दिए।
उनका अनुसार आगलागीको सुरुवात भोलानाथ पौडेलको घरबाट विद्युत् सर्ट भएर लागेको आगलागीले हालसम्म दोभान मनिट्रान्सफर र ग्लोबल आई एम ई बैंक सहित ४० ओटा घरमा रहेका ८० ओटा पसल पुर्णरुपमा जलेर नष्ट भईसकेको छन्।
बालरनसिंह राणाका अनुसार उनले फुङलिङ नगरपालिकाको दमकल, सुरक्षाकर्मी र स्थानीयवासीले आगो नियन्त्रण गर्ने पहल गरिरहेको बताए।






