Home / Nepal / News / २ रूपैयाँले बढ्यो तेलको मूल्य, ग्यासको यथावत्

२ रूपैयाँले बढ्यो तेलको मूल्य, ग्यासको यथावत्

काठमाडौं : नेपाली बजारमा तेल (पेट्रोल, डिजेल र मट्टीलेत) को मूल्य प्रतिलिटर दुई रुपैयाँले बढेको छ। खरिदमूल्य बढेर घाटा चुलिएपछि निगमले तेलको मूल्य इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार बढाएको हो।

समायोजित मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ११६ रूपैयाँ, डिजेल र मट्टितेलको मूल्य लिटरको ९९ रूपैयाँ पुगेको छ। निगमले ग्यासको मूल्य भने बढाएको छैन। नयाँ मूल्यसूचीअनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर ८ रूपैयाँ ४२ पैसा घाटा छ। यस्तै डिजेलमा ६ रुपैयाँ ५६ पैसा र एलपी ग्यासमा ३९२ रूपैयाँ ८२ पैसा घाटा छ। निगमले हवाई इन्धनको मूल्य आन्तरिकतर्फ पाँच रूपैयाँ बढाएको छ।

तेलको मूल्य समायोजनपछि पनि निगमलाई प्रतिपन्ध्र दिनमा एक अर्ब ३२ करोड रुपैयाँ घाटा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *