Home / Nepal / News / ‘नागरिकलाई सडकछाप बनाउने कस्तो नीति ? कस्तो सरकार ?’

‘नागरिकलाई सडकछाप बनाउने कस्तो नीति ? कस्तो सरकार ?’

काठमाडौं : अभियन्ताहरुलाई पक्राउ गरेर प्रहरीले जबर्जस्ती थुनामा राखेको भन्दै रिहाइको मागगर्दै सोमबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ।

बालाजु, बाइपासमा सडक विस्तारको क्रममा घर भत्काउँदै गर्दा रोक्न गएका अभियान्तालाई प्रहरीले पक्राउ गरेको थियो। सडक विस्तारको नाममा गैरकानुनी रूपमा घर भत्काएको भन्दै उनीहरु रोक्न गएका थिए।

पक्राउ परेका अभियन्ताको तत्काल रिहाइको माग गर्दै बृहत् नागरिक आन्दोलनले धर्नासहित प्रदर्शन गरेको हो। पक्राउ पर्नेमा सुमन सायमी, विरोचन श्रेष्ठ, भीमदेव श्रेष्ठ, मीन शाही, महेश्वर मानन्धर, सञ्जय तामाङ, रुक्षित क्षेष्ठ, दीपेन श्रेष्ठ रहेका छन्। उनीहरुलाई केही दिनअगाडि बालाजुबाट प्रहरीले पक्रेको थियो।

प्रदर्शनमा सहभागीहरुले ‘प्रहरी हिरासतमा रहेका अभियन्ताहरु रिहा गर’, ‘कानुनी राज्यको प्रत्याभूत गर’, ‘नागरिकलाई सडकछाप बनाउने कस्तो नीति ? कस्तो सरकार ?’लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

पछिल्ला केही दिनदेखि बृहत् नागरिक आन्दोलन समूह विरोध प्रदर्शनमा उत्रिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *