Home / Nepal / News / आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ

आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ

काठमाडौं : अछाममा आफ्नै आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन्।

पक्राउ पर्नेमा साँफेबगर नगरपालिका–५, नवाठाना बस्ने ३८ वर्षीय जित बुढा रहेका छन्। उनले आफ्नै ६० वर्षीया आमा कला बुढालाई मंगलबार बिहान घरमा कुटपिट गरेका थिए।

सोही कुटपिट कारण मृत्यु भएको प्रारम्भीक अनुसन्धानबाट खुलेकोले उनलाई हत्या गरेको आरोपमा पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय अछाम र इलाका प्रहरी कार्यालय साँफेबगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *