काठमाडौं : नेपाली कांग्रेस पार्टीको पदाधिकारी बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ।
पार्टी सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका हुन्। सभापति देउवा निवासमा बस्ने उक्त बैठकमा प्रतिनिधिसभा पुनःस्थापना भएको अवस्थामा अब कसरी अगाडि बढ्ने भन्ने विषयमा केन्द्रित हुने नेताहरुले बताएका छन्।
यसअघि, बुधबार नेकपाका प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले देउवालाई भेटेका थिए। उनीहरुले नयाँ गठबन्दन बनाएर अगाडि बढ्न आग्रह गरेपछि देउवाले छलफलका लागि पदाधिकारी बैठक बोलाएका हुन्। आजको भेटमा सभापति देउवाले पार्टीमा आन्तरिक छलफलपछि मात्रै निर्णय गर्ने बताएका थिए।






