Home / Nepal / जिल्ला अदालत मोरङ परिसरबाट दुई थुनुवा फरार

जिल्ला अदालत मोरङ परिसरबाट दुई थुनुवा फरार

विराटनगर : जिल्ला अदालत मोरङ परिसरबाट लागुऔषध मुद्दामा सोमबार म्याद थप गर्न लगिएका दुई थुनुवा ‘प्रहरीको आँखा छलेर’ फरार भएका छन्।

मोरङको कटहरी गाउँपालिका–४ का ३७ वर्षीय मुुराज भनिने मनराज शेख शेख आइतबार दिउँसो कटहरीबाट आठ ग्राम ब्राउन सुगर (खैरो हेरोइन)सहित पक्राउ परेका थिए। त्यस्तै, झापाको बिर्तामोड नगरपालिका–५ का २० वर्षीय प्रकाश चौधरी आइतबार विराटनगरको बरगाछीबाट लुपिजेसिक, डाइजेल्याब, एभिल नामकको लागुऔषधसहित पक्राउ परेका थिए।

उनीहरुको खोजीलाई तीव्रता दिइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए। उनिहरुलाइ अदालतबाट म्याद थप भई फर्काएर प्रहरी कार्यालय ल्याउने तयारी गर्दैगर्दा हतकडीसहित फारर भएको बताइएको छ।

सोमबार दिउँसो ३ः३० बजे प्रहरीले अदालत लगेकोमा उनीहरु अदालत परिसरबाटै भागेका हुन्। चियानास्ता खाने भनेपछि क्यान्टिन लगिएकोमा त्यहीँबाट भागेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *