Home / Politics / मन्त्रिपरिषद् बैठकमा विप्लव समूहबारे छलफल

मन्त्रिपरिषद् बैठकमा विप्लव समूहबारे छलफल

काठमाडौं : मन्त्रिपरिषद्को बैठकमा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह)बारे छलफल भएको छ ।

२०७५ फागुन २८ गते प्रतिबन्ध घोषणा गरिएको विप्लव समूहलाई शान्तिपूर्ण राजनीतिमा फर्काउनेबारे छलफल भएको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्नाले जानकारी दिए।

“विप्लव समूहबारे छलफल भयो। एक–दुई दिनभित्रै वार्ता आह्वान होला। त्यसका लागि सरकारले वातावरण पनि बनाउँला,” उनले भने, “अरू नियमित एजेन्डामा छलफल भयो।”

आजै मात्र सुरक्षा परिषद्को बैठक बसेको थियो । बिहान बसेको सुरक्षा परिषद् बैठकले पनि विप्लवकै गतिविधिबारे छलफल गरेको थियो। निर्वाचन सुरक्षाका विषयमा पनि छलफल भएको प्रधानमन्त्री केपी शर्मा ओलीनिकट स्रोतले भन्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *