काबुल : अफगानिस्तानको राजधानी काबुलमा शनिबार तीनवटा कारलाई लक्षित गर्दैै बिस्पोट गरिएको छ।
बेग्ला बेग्लै भएका तीनवटा विस्फोटमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ।
उक्त बिस्पोटमा परि मृत्यु हुनेमा दुई प्रहरी अधिकारी र एक महिलासहित तीन सर्वसाधारण रहेका छन्। साथै, यस विस्फोटमा परी अन्य दुई व्यक्ति घाइते भएका काबुलको प्रहरी स्रोतले पुष्टि गरेको छ।
काबुलका प्रहरी प्रवक्ता फरदौस फारामारसका अनुसार विस्फोटहरू बिहानको व्यस्त समय भएको थियो। पहिलो विस्फोट स्थानीय समयानुसार शनिबार बिहान ८ः०० बजे भएको थियो। दोस्रो विस्फोट १५ मिनेटपछि भएको थियो भने तेस्रो विस्फोट शनिबार बिहान १०ः२० बजे भएको थियो।
यस समाचारको विस्तृत विवरण प्राप्त नभएको र विस्तृत विवरणको लागि आपराधिक अनुसन्धान विभागसहित एक संयुक्त सुरक्षा टोली खटिएको समाचारमा जनाइएको छ।






