Home / Nepal / News / `फुलबुटे सारी´लिजेन्डरी भर्सनमा मदनकृष्णको स्वरमा श्रीपञ्चमीको दिन सार्वजनिक हुँदै

`फुलबुटे सारी´लिजेन्डरी भर्सनमा मदनकृष्णको स्वरमा श्रीपञ्चमीको दिन सार्वजनिक हुँदै

काठमाडौं : चर्चित गीत ‘फुलबुटे सारी’को मेल, फिमेल र बेबी भर्जनपछि अब लिजेन्डरी भर्जन पनि आउने भएको छ। यसको लिजेन्डरी भर्जनमा दिग्गज कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठले गाउने भएका छन्।

पार्किन्सनका कारण गायन क्षेत्रबाट करिब बिदा लिइसकेका राजनराज शिवाकोटीको प्रस्तावलाई नकार्न नसकेर यसमा स्वर दिन तयार भएको कलाकार श्रेष्ठले जानकारी दिएका छन्। “फेरि एकपटक पुराना गायक भर्सनका रुपमा मलाई पनि गाउन लगाइएको छ। पार्किन्सनका कारण मैले गायन क्षेत्रबाट करिब करिब बिदा नै लिइसकेको थिएँ तैपनि राजनराज शिवाकोटी भाइले ल्यानुभएको प्रस्तावलाई नकार्न मन लागेन। एकपटक कोसिस गरेर हेरुँ न त जस्तो लाग्यो र प्रयास गरेँ…” कलाकार श्रेष्ठले आफ्नो फेसबुक वालमा लेखेका छन् ।

अन्तमा उनले ठट्यौली पारामा लेखेका छन्, “यो गीत गाउँदा मलाई न्वारानदेखिको बल निकाल्न परेको थियो हाहा…”

यो गीत यही फागुन ४ गते श्रीपञ्चमीको दिन सार्वजनिक हुँदै छ। गीतको भिडियोमा मदनकृष्ण श्रेष्ठ र मिथिला शर्मा देखिँदै छन्। शिवाकोटीको शब्द र संगीत रहेको यस गीतको अघिल्लो तीन भर्जनमा गायक मार्मिक लामा, मिलन नेवार र अरिश्मा सिवाकोटीले स्वर भरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *