Home / Nepal / News / एउटा कुकुरको रेखदेखकालागी मालिकले ५० लाख डलर छाडेर गए

एउटा कुकुरको रेखदेखकालागी मालिकले ५० लाख डलर छाडेर गए

बीबीसी : अमेरिकामा ‘लुलु’ नामको एक कुकुरलाई यसका मालिकले ५० लाख डलर छाडिदिएका छन्।

८७ वर्षीय व्यवसायी बिल डोरिसको गत वर्ष मृत्यु भएको थियो। उनी अविवाहित थिए। उनले आफ्नो मृत्युपछिको ‘इच्छापत्र’मा सबै सम्पत्ति लुलुको रेखदेखका लागि भनेर एउटा ट्रस्टमा जम्मा गर्न भनेका थिए। सो ट्रस्टले लुलुको ख्याल राख्न आवश्यक रकम मासिक रूपमा प्रदान गर्नेछ।

कामका लागि बाहिर गइरहनुपर्ने हुँदा डोरिसले आफ्नी साथी मार्था बर्टनलाई लुलुको हेरचाह गर्न छाडिदिने गरेका थिए।उनको मृत्युअघि पनि लुलुलाई मार्थाले नै राखिरहेकी थिइन्। उनी पनि यस खबरले आश्चर्यमा परेकी छन्। मार्थाले यसबारे आफ्नो वास्तविक धारणा व्यक्त गर्नै कठिन भइरहेको बताइन्। उनका अनुसार डोरिसले आफ्नो कुकुरलाई अत्यन्तै माया गर्थे र लुलु पनि एकदमै ज्ञानी कुकुर हो।

यसरी अचानक ‘लखपति’ बनेको आठ वर्षीय लुलुको यतिबेला धेरै चर्चा भइरहेको छ। कुकुरमा पूरै ५० लाख डलर खर्च गर्न सक्ने/नसक्ने विषयमा प्रश्नगर्दा बर्टनले आफूले सक्दो प्रयास गर्ने बताइन्। त्यस्तै, लुलुको पनि मृत्यु भएमा चाहिँ सम्पत्तिको के हुन्छ भन्ने स्पष्ट छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *