Home / Politics / नेकपाको झगडा पद, प्रतिष्ठा र भागबन्डाका लागि -कमल थापा

नेकपाको झगडा पद, प्रतिष्ठा र भागबन्डाका लागि -कमल थापा

मकवानपुर : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको झगडा सिद्धान्तका लागि नभई पद, प्रतिष्ठा र भागबन्डाका लागि मात्रै भएको बताएका छन्।

उनले नेकपा र नेपाली कांग्रेसको शासकीय असफलताले मुलुक यो अवस्थामा आइपुगेको जनाउँदै आज मकवानपुरको पश्चिमी भेकमा पर्ने मनहरि गाउँपालिकाको रजैयामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै देश निर्माणका विषयमा केन्द्रित हुनुपर्ने समयमा कुर्सी र शक्तिका निमित्त झगडा गरेर मुलुकलाई अँध्यारो सुरुङमा फसाइएकामा चिन्ता व्यक्त गरे।

अध्यक्ष थापाले राजसंस्था हटाइएपछि अब प्रजातन्त्रका लागि कहिले आन्दोलन गर्नु पर्दैन भन्ने भनाइ हास्यास्पद भएको जिकिर गरे। उनले राष्ट्रको सार्वभौमता र संसदीय प्रजातन्त्रको सुदृढीकरणका लागि सबै दलले आफ्नो स्वार्थ त्यागेर एकजुट हुनुपर्नेमा पनि जोड दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *