काठमाडौं : मंगलबार राति भएको प्रिमियर लिग फुटबलको उपाधि दावेदार म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ।
घरेलु मैदानमा भएको खेलमा वेस्ट ह्याम युनाइटेडलाई अतिरिक्त समयमा १–० ले हराउँदै युनाइटेड अन्तिम आठमा पुगेको हो। युनाइटेडलाई जित दिलाउन स्कट म्याकटोमिनले निर्णायक गोल गरे।
खेलको ९७ औं मिनेटमा म्याकटोमिनले गोल गर्दै युनाइटेडलाई जित दिलाए। युनाइटेड लगातार सातौं वर्ष एफए कपको क्वाटरफाइनलमा पुग्न सफल भएको छ।
खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो ।






