Home / Nepal / News / मोरङको केराबारीमा अवैध रुपमा ट्रकमालोड गरिएका ६७ वटा गोरु बरामद

मोरङको केराबारीमा अवैध रुपमा ट्रकमालोड गरिएका ६७ वटा गोरु बरामद

विराटनगर : मोरङको केराबारी गाउँपालिका ५, सतिसालेमा अवैध रुपमा ट्रकमा लोड गराएर ओसार-पसार गर्न ठिक्क पारिएका ६७ वटा गोरु बरामद गरिएको छ।

गोप्य सुचनाको आधारमा गोरु लोड गरेको ट्रक छ भन्ने खबर प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको टोलीले ना.६ख ६१३२, ना.६ख ९७३४ र ना.५ख ७७५७ नम्बरको ट्रकमा ६७ वटा गोरु फेला पारेको हो। ती गोरू सिन्धुपाल्चोक घर भएका ठेकेदार विश्व बस्नेत भएको बुझिएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता लोकदर्शन थापाका अनुसार अनुसन्धानका क्रममा निजले केराबारी गाउँपालिका ८ बस्ने डोरबहादुर विकलगायत नौजनाको व्यवसाय गर्दाको रकमसमेत नदिएको खुल्न आएको छ। ट्रक, चालक र गोरु नियन्त्रणमा लिई इप्रका बेलबारीमा ल्याई अनुसन्धानपछि आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी पठाएको थापाले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *