काठमाडौं : स्रोत नखुलेको २१ लाख ९० हजार रुपैयाँ र ३१ लाख १६ हजार रुपैयाँ बराबरको पाँचथान बैंक चेकसहित रौतहटको गौर नगरपालिका–४, बसपार्कनजिक सडकबाट एकजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा परोहा नगरपालिका–१, जिंगडवा वेलविछुवा बस्ने २७ वर्षीय मोहम्मद दिलसाद आलम छन्।
२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय रौतहटको प्रहरी टोलीले विभिन्न दरको उक्त रकम र आलमको नामको उक्त चेकसहित फेला पारी पक्राउ गरेको हो।उनलाई आवश्यक कारबाहीको लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाइएको तथा नम्बर नखुलेको स्कुटर कारबाहीको लागि भन्सार कार्यालय गौरमा पठाइएको प्रहरीले जनाएको छ ।






