काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक अहिले साँझ ६ बजे बोलाएका छन्। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाएको एक मन्त्रीले जानकारी दिए।
आजको मन्त्रिपरिषद्को बैठकमा नियमित कार्यसूचीमाथि छलफल हुनेछन्। केही मन्त्रालयगत विषयहरूमा छलफल हुने उनको भनाइ थियो।






