काठमाडौं : प्रतिनिधसभा विघटनको पक्षमा प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा आज बहस गर्दै अधिवक्ता सिपि रेग्मीले प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउँने बताएका छन्। उनले प्रतिनिधसभा विघटनको प्रधानमन्त्रीमा रहेको बताएका हुन्।
न्यायाधीस तेज वहादुर केसीले संविधानको ब्याख्या गर्दा, सविधान निर्माताको मनसाय पो हेर्ने हो होइन भनेर गरेको प्रश्नमा उनले यस्तो जिकिर गरेका हुन्।
हिजो महान्यायाधिवक्तासहित १० सरकारी वकिलले बहस सकेपछि प्रतिनिधसभा विघटनको पक्षमा बहस गर्न प्रधानमन्त्री केपी शर्मा ओलीका निजी सरकारका पक्षबाट निजी कानुन व्यवसायीले बहस थालेका हुन्। विघटनको पक्षमा सरकारका तर्फबाट डेढसय बढी निजी वकिलले बहस गर्नेछन् ।






