काठमाडौं : काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रममा साहित्यका विविध विधामा कलम चलाउँदै आएका दुई स्रष्टा गोपाल अश्क र डा. विश्वम्भरकुमार शर्माको संयुक्त कृति ‘भाषा र भोजपुरी भाषा’सार्वजनिक गरिएको छ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले भाषा विज्ञान सम्बन्धि उक्त पुस्तक सार्वजनिक गर्दै कृतिले भोजपुरी भाषालाई राष्ट्रियस्तरतमा स्थापित गराउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे। एरावति प्रकाशनका रामदेव पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्राज्ञ डा. देवी नेपाल, प्रा. देवीप्रसाद गौतम, डा. श्वेता दिप्ती, दिनेश गुप्ता, डा. विश्वम्भरकुमार शर्मा र गोपाल अश्कले आफ्नो धारणा राखे।






