Home / Politics / प्रधानमन्त्री ओलीको दाबी : काठमाडौंमा यो इतिहासकै ठूलो सभा हो

प्रधानमन्त्री ओलीको दाबी : काठमाडौंमा यो इतिहासकै ठूलो सभा हो

काठमाडौं- नेकपा ओली समूहले शुक्रबार काठमाडौंमा गरेको सभा इतिहासकै ठूलो भएको अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्।

नारायणहिटी दरबार संग्राहलय अगाडि आयोजित सभालाई सम्बोधन गर्दै ओलीले जनताको भेल उर्लिएको बताए। सभामा आउन नदिन प्रचण्ड–माधव समूहले नेपाल बन्द गरेर तर्साउन खोजिएको भन्दै उनले भने, ‘बाटामा खाल्टा खनियो, बम राखेर विप्लव लेखियो। तर यो भेललाई रोक्न सकेन।’

सभास्थलको दायाँ सञ्चयकोष, बाँया जयनेपाल हल र अगाडि घण्टाघरसम्म पनि मानिसहरु नअटाएको उनको दाबी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *