Home / Nepal / News / म्याराथन धावक वैकुण्ठ मानन्धरलाई पत्नीशोक

म्याराथन धावक वैकुण्ठ मानन्धरलाई पत्नीशोक

काठमाडौं : कीर्तिमानी म्याराथन धावक वैकुण्ठ मानन्धरलाई पत्नीशोक परेको छ। धावक मानन्धरकि पत्नी शुभद्रा मानन्धरको बुधबार ६८ वर्षको उमेरमा निधन भएको हो।

शुभद्राको बिहीबार टेकु दोभानमा अन्तिम संस्कार गरिएको थियो। मानन्धर दम्पतीका दुई छोरा र दुई छोरी छन्।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले उनको निधनप्रति संघले दुःख व्यक्त गरेको छ। धावक मानन्धरले दक्षिण एसियाली खेलकुद (साग)मा दुई घन्टा १५ मिनेट ०३ सेकेन्डको कीर्तिमान बनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *