काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहनिकट विद्यार्थी संगठन अनेरास्ववियूले प्रतिनिधिसभा विघटनको कदमविरुद्ध तेस्रो चरणको आन्दोलनअन्तर्गत आज चक्काजाम गरेको छ।
अनेरास्ववियूका विद्यार्थीहरुले काठमाडौंको मीनभवनमा आज (बुधबार) बिहान आधा घण्टा चक्का जाम गरेका थिए। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध उनिहरुले नाराबाजी गरेका थिए।
अनेरास्ववियूका नेताहरुले कालो कपडा निधारमा बाँधेर कालो झन्डासमेत देखाएका थिए।






