काठमाडौं : नायिका स्वेता खड्काले निर्माणाधीन माझी बस्तीको अवस्था पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको जस्तै भएको बताएकी छिन्। धुर्मुस सुन्तली फाउन्डेसनले जस्तै माझी बस्ती निर्माणका क्रममा आफूले पनि ऋण बोकेर बसेको स्वेता बताउँछिन्।निर्माणाधीन माझी बस्तीले पनि ऋण बोकेर नै बसेको छ।
स्वेता सामाजिक सञ्जाल फेसबुकमा लेख्छिन्, “ माझी बस्तिसँग जोडिदिने हाम्रो प्रयासमा धेरै मनकारी सहयोगीहरु भेटिनु भयो स्थानीय सरकार, सरोकारवाला निकाय तथा विभिन्न दाताहरु उहाँहरुले आफ्नो क्षमता, दक्षता र गक्षले भ्याएसम्मको सहयोग गर्नु भयो,” “तर केही यस्ता दाताहरु पनि भेटिए जसले सहयोग रकम बोल्नु भयो। तर, सहयोग उपलब्ध गराउनु भएन।”
हामीले कुनै जोर जबर्जस्ती नगरिकनै आफ्नै मनले, स्वःतस्फुर्त रुपमा कबुल गर्नुभएको सहयोग प्रदान गर्नलाई आनाकानी गर्नेहरुको लिष्ट लामै छ। सहयोगका लागि कबुल गरेको रकम उपलब्ध गराउनु पर्नेमा उनको जोड छ। सहयोगको प्रतिबद्धता जनाउने तर रकम उपलब्ध नगराउनेको सूचि लामो रहेको उनी बताउँछिन्।
बलजफती गर्ने होइन तर आफ्नो प्रतिवद्दता भुलेर गरिबहरुको आशा र भरोसामाथि खेलवाड गर्नु पक्कै राम्रो होइन। पूरा गर्न नसक्ने बाचा, पूर्ति गर्न नसक्ने आस्वासन र दिन नसक्ने सहयोगको अर्थ नरहने भन्दै स्वेता आफूलाई समाज सेवीको रुपमा चिनाउन अरुको भरोसामाथि खेलवाड नगर्न उनको अनुरोध छ।






