Home / Nepal / News / काठमाडौंको न्यूनतम तापक्रम २.७ डिग्री सेल्सियस, हिमाली भू–भागमा हिमपाको सम्भावना

काठमाडौंको न्यूनतम तापक्रम २.७ डिग्री सेल्सियस, हिमाली भू–भागमा हिमपाको सम्भावना

काठमाडौं : काठमाडौंको आज विहान ५ः४५ बजेको न्यूनतम तापक्रम २.७ डिग्री सेल्सियस मापन गरिएको छ। मौसमविद् शान्ति कणेलका अनुसार दिउँसो काठमाडौंको तापक्रम १८–२० डिग्री सेल्सियस पुग्ने छ भने मौसम सफा रहनेछ।

केही दिन यता तराईका जिल्लामा अहिले बाक्लो हुस्सु लागेको छ। अपराह्नसम्म हुस्सु हटेर जाने मौसमविद् कणेल बताउँछिन्।

प्रदेश १, सुदूरपश्चिम र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपाको सम्भावना रहेको उनको भनाइ छ। आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रहे पनि बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

आज राति प्रदेश ७ र अन्य पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। भोलि मौसमी प्रणालीमा उल्लेख्य परिवर्तनको सम्भावना नदेखिए पनि विहीबारबाट भने बदलीको सम्भावना रहेको मौसमविद् कणेलको भनाइ छ। “विहीबारबाट आउने मौसमी बदलीले पानी पार्ने र मजाले हिमपात गराउन सक्ने सम्भावना रहेको छ,” उनी भन्छिन्, “यसबारे हामी केही विशेष बुलेटिनहरु दिँदै जाने छौं।”

यो वर्ष आजसम्म उल्लेख्य मौसमी प्रणाली नभित्रिएका कारण पानी पर्न सकेको छैन भने जाडो पनि कम भएको छैन। अत्यादीक चिसोबढेकाले यसबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविद् कणेलको आग्रह छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *