काठमाडौं : नेपाल टेलिभजनको प्रस्तुतिमा सांगितिक रियालिटी शो वाइवाइ नेपाल स्टारको पहिलो सिजनको विजेता पोखराकी एलिना गुरुङ बनेकी छन्।
इन्टरटेनमेन्ट एन्ड रिसर्चले उत्पादन गरी प्रशारण भएको शोको अन्तिम प्रतिस्पर्धा माघ १७ गते बेलुकी सकिएको हो।
पोखराकी एलिना गुरुङ पहिलो सिजनको अन्तिम प्रतिस्पर्धामा उपाधि विजेता घोषणा भइन्।






