Home / Politics / कांग्रेस जे बोल्छ, त्यो गर्छ। कांग्रेसले संविधान बचाउँछ -रामचन्द्र पौडेल

कांग्रेस जे बोल्छ, त्यो गर्छ। कांग्रेसले संविधान बचाउँछ -रामचन्द्र पौडेल

काठमाडौं : नेपाली कांग्रेस क्षेत्र नम्बर–२ ले मेलम्चीमा शनिबार आयोजना गरेको सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने विश्वास व्यक्त गरेका छन्।

वरिष्ठ नेता पौडेलले संविधान बचाएर लोकतन्त्र, संविधान र राष्ट्र जोगाउने अभिभारा कांग्रेसको काँधमा आएको बताएका छन्। संसद् पुनःस्थापन गरेर निर्वाचनमा जाने कांग्रेसको अडान रहेको बताए। पौडेलले भने, ‘‘ कांग्रेस जे बोल्छ, त्यो गर्छ। कांग्रेसले संविधान बचाउँछ।’’

नेता पौडेलले नेपाली कांग्रेसले संसद् विघटन असंवैधानिक ठहर गरेको भन्दै संसद् पुनःस्थापना नै कांग्रेसको गन्तव्य भएको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *