काठमाडौं : कांग्रेस काठमाडौं नम्बर ६ को क्षेत्रीय समितिले गरेको विरोध प्रदर्शनमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अहिलेको संसद विघटन सदर भए चरम अस्थिरता आउने बताएका छन्। सिटौलाले अहिले प्रतिनिधिसभा मात्र नभएर परिवर्तित व्यवस्थाको जग भत्किन थालेको बताए।
“यो संसद विघटन मात्र नभएर धेरै कुराको विघटन हुनेछ। सबैभन्दा ठूलो संविधानमाथि जनताको विश्वास विघटन हुनेछ।” सिटौलाले भने, “यो संसद विघटनलाई सदर गर्ने हो भने अब आउने संसद दुईवर्ष पनि टिक्दैन,” उनले आफूले बोल्दा न्यायलयको अवहेलना हुन्छ कि हुँदैन भन्ने आफूलाई थाहा नभएको बताए।
संविधानको मस्यौदा निर्माण गर्दा मैले नै त्यतिवेलाका प्रधान्यायाधीशलाई बोलाएको छु। कस्तो न्यायालय चाहिन्छ भनेर उहाँहरू आफैं उपस्थित भएर सुझाव दिनु भएको छ।´ सिटौलाले भने,अहिले त अपहेलना मुद्दा सुरु भएको छ, खासगरी पूर्वप्रधानन्यायाधीशहरूमाथि अवहेलननको मुद्दा सोचनीय छ,´ उनले त्यसरी सहभागिहरूले बोल्दा अपहेलनाको तरबार देखाउनु स्वभाविक नभएको बताए।






