काठमाडौं : हिन्दुहरुको धार्मिक आस्था बोकेको स्वस्थानी व्रत आज पौष शुक्ल पूर्णिमादेखि सुरु भएर माघ शुक्ल पूर्णिमासम्म स्वास्थानी व्रत बस्दा सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगव्याध पनि नष्ट हुने विश्वास गरिन्छ।
स्वस्थानी व्रत सुरु भएदेखि राजधानीको साँखुस्थित शालिनदीमा स्नान गर्नका लागि भक्तजन पुग्ने गर्छन् । शालीनदीमा माधवनारायणको मेलासमेत लाग्छ। शालिनदीमा स्नान गर्नेको आज विहान सबेरैबाट भीड लागेको छ।
सत्य युगमा भगवान् विष्णुको सल्लाहअनुसार हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन स्वस्थानी व्रत बसेको र चिताएको पूरा भएको विश्वासमा व्रतकथा र माघ स्नानको प्रचलन रहेको विश्वास गरिन्छ। व्रतका प्रभावले शिव(पार्वतीको विवाह भएको कुरा पौराणिक धर्म ग्रन्थहरुमा पनि चर्चा भएका कारण परम्परागत रुपमा उक्त व्रतकथा प्रचलित हुँदै आएको भनाइ छ। व्रत अवधिभर भगवान् शिवको पूजा आराधना गरिन्छ।
स्वस्थानी व्रतकथामा उल्लेख भएअनुसार महादेवकी पत्नी सतीदेवीले आफ्ना पतिलाई बाबुले गरेको अपमान सहन नसकी यज्ञकुण्डमा प्राण त्यागेपछि हिमालय र मेनकाकी छोरी पार्वतीका रुपमा उनको जन्म भएको हो। विवाहयोग्य भएपछि पिता हिमालयले भगवान् विष्णुलाई कन्यादान गरिदिने कुरा थाहा पाएपछि पार्वती भागेर अनकन्टार वनमा गई महादेवको ध्यान गर्न लागिन्।
यसबाट खुसी भएर महादेवले आफूलाई पतिका रुपमा पाउन विष्णुले महादेव पति पाउन स्वस्थानी व्रत गर्ने सल्लाह दिए भनेअनुसार पार्वतीले विधिपूर्वक एक महिनासम्म स्वस्थानीको व्रत गरेकामा उनले महादेव पति पाएको विश्वास विश्वास गरिन्छ।





