Home / Nepal / News / अभिनय सिक्न न्युयोर्क जादै खुसी कपुर

अभिनय सिक्न न्युयोर्क जादै खुसी कपुर

मुम्बई : बलिउड स्वर्गीय अभिनेत्री श्रीदेवी र चलचित्र निर्माता बोनी कपुरकी कान्छी छोरी खुसी कपुर अभिनय सिक्नका लागि न्युयोर्कस्थित ली स्टार्सबर्ग थिएटर एन्ड फिल्म इन्स्टिच्युट गएकी छिन्।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार खुसी कपुर सन् २०२२ मा बलिउड फिल्म क्षेत्रमा देखिनेछिन्। करण जोहरलगायत अन्य निर्माताहरुले खुसीका लागि चलचित्रमा अभिनयका लागि प्रस्ताव पनि गरिरहेका छन्। तर बोनी हतारमा छैनन्, न त खुसी।

श्रीदेवी आफूले अभिनयको कुनै औपचारिक प्रशिक्षण नलिए पनि छोरीले भने राम्रो अभिनय स्कुलबाट अभिनय सिकोस भन्ने चाहिन्छन् सोहि कारण उनी न्युयोर्कमा हुने अभिनय कक्षा सकेर बलिउडमा प्रवेश गर्नेछिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *