काठमाडौं : काठमाडौंको आज विहान साढे ६ बजेको न्यूनतम तापक्रम २.८ डिग्री सेल्सियस मापन गरिएको छ।
मौसमविद् गंगा नगरकोटीका अनुसार काठमाडौंमा बिहान लागेको हुस्सु र कुहिरो घाम लागेपछि हट्दै जाने र दिउँसो मौसम सफा रहने छ।
प्रदेश एक र गण्डकी प्रदेशको हिमाली भू–भागका केही ठाउँमा हल्का हिमपातको सम्भावना रहेको उनको भनाइ छ। बाँकी भू–भागमा मौसम सामान्यतः सफा रहने छ।
तराईका भू–भागमा बाक्लो हुस्सु र कुहिरो लागेका कारण तापक्रममा गिरावट आएकाले चिसो बढ्नसक्ने भन्दै यसबाट बच्न सर्तक हुनु पर्ने नगरकोटी बताउँछिन्।






