काठमाडौं : निर्देशक दिनेश राउतको निर्देशनमा बन्न लागेको चलचित्र ‘प्रकाश’बाट धनगढीकी रेनु योगीले डेब्यू गर्ने भएकी छिन्। केही समय अगाडि अडिसनमार्फत कास्टिङ डाइरेक्टर अनुप बरालले काठमाडौंको ओस्कार इन्टरनेसनल कलेजमा अडिसनमा रेनुलाई छनोट गरेका हुन्।
फागुन दोस्रो साताबाट फ्लोरमा जाने चलचित्र `प्रकाश´मा अभिनेता प्रदीप खड्काको अपोजिटमा रेनुले अभिनय गर्ने छिन्। उनले हालसम्म १० वटा भन्दा धेरै नाटक, सर्ट मुभी र ‘एसिड कान्ड’ नामक डकुमेन्ट्रीमा काम गरिसकेकी छन्।
ब्याचलर अध्ययन गरेकी धनगढीकी रेनु थ्रिएटर आर्टिस्ट हुन्। उनले २०१३ मा दयाहाङ राईसँग ‘मितज्यू’ नामक नाटक खेलेकी दिनेश राउत बताउँछन्।
बिनिस इन्टरटेनमेन्टको प्रस्तुति रहेको चलचित्रलाई महेन्द्र अधिकारीले निर्माण गर्दैछन्। यस चलचित्रको कथा विकास सुवेदीले लेखेका हुन्। चलचित्रको ४५ दिनको सुटिङ सेड्युलमा जुम्लामा छायांकन गरिने छ।






