काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २४ मोटरसाइकल सम्बन्धित धनीलाई आज (सोमबार) जिम्मा लगाएको छ।
महाशाखाले सर्वसाधारणलाई जथाभावी मोटरसाइकल पार्किङ गर्दा चोरी हुने गरेकाले सवारीसाधनमा अतिरिक्त लक प्रयोग गर्न, साइरनलगायत उपकरण जडान गर्न अनुरोध गरेको छ।






