मुम्बई : भारतीय चर्चित कमेडी शो ‘द कपिल शर्मा शो’ को निर्माण टिमले यसको प्रशारण केही दिनकालागी बन्द गर्ने निर्णय लिएको छ।
यसको प्रमुख कारण भनेको केही महिनाको ब्रेक पछि यो शो नयाँ अवतारमा पुनः फर्किने बताइएको छ। यस शो मा कपिलका साथै भारती सिंह, कृष्णा अभिषेक, चन्दन प्रभाकर, किकू शारदा, सुमोन चक्रवर्ती र अर्चना पूर्ण सिंह फिर्चड छन्।
तर नवभारत टाइम्सका अनुसार एक स्रोतलाई उद्धत गर्दै लेखेको छ, “शो लाई पुनः निर्माण गर्ने कुनै योजना छैन। यो शो सधैं दर्शको प्रिय हो। प्रत्यक्षदर्शी नै यो शो को मुख्य पक्ष हो। यद्यपि कोरोना महामारीका कारण लाइभ दर्शक हटाइयो,” त्यसैले मेकर्सले केही समयका लागि स्थगित गर्नु नै ठिक हुने निर्णय लिएका हुन्। सबै सामान्य भएपछि फर्किने योजना बनाएको छ।
यसको प्रशारण फेब्रुअरीको दोस्रो सातादेखि बन्द हुनेछ। ‘द कपिल शर्मा शो’ सन् २०१८ डिसेम्बरदेखि प्रशारण हुन थालेको हो।






