Home / Nepal / राजविराजमा आयोजनाहुने राष्ट्रिय भारत्तोलन प्रतियोगिता फागुन अन्तिमदेखि सुरु

राजविराजमा आयोजनाहुने राष्ट्रिय भारत्तोलन प्रतियोगिता फागुन अन्तिमदेखि सुरु

काठमाडौं : स्व. देवसुन्दर स्मृति प्रथम राष्ट्रिय भारत्तोलन प्रतियोगिता यही फागुनको अन्तिम सातादेखि भव्यरूपमा राजविराजमा आयोजना हुने भएको छ।

प्रतियोगितामा सातवटै प्रदेश तथा सेना, सशस्त्र र नेपाल प्रहरीका तीनवटै विभागीय टिमका झण्डै १५० महिला तथा पुरुष खेलाडीको सहभागिता रहने छ। प्रतियोगिता भव्यरूपमा सम्पन्न गर्न प्रचारप्रसार, आर्थिक सङ्कलन, फिल्ड व्यवस्थापन, स्वागतलगायत विभिन्न उपसमितिसमेत गठन गरिएको भारत्तोलन सङ्घ सप्तरीका अध्यक्ष महेशप्रसाद यादवले जानकारी दिए।

सप्तरीका पुराना भारत्तोलन खेलाडी एवं रेफ्री राजविराज–९ निवासी स्व देवसुन्दर यादवको स्मृति एवं सम्मानमा नेपाल भारत्तोलन सङ्घ सप्तरीले सो प्रतियोगिताको आयोजना गर्न लागेको हो।

सप्तरीका चर्चित भारत्तोलन खेलाडी यादवको २०७६ कात्तिक १४ गते निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *