Home / Society / बिप्लब कार्यकर्ता द्वारा मकवानपुरमा पिकअपमा आगजनी

बिप्लब कार्यकर्ता द्वारा मकवानपुरमा पिकअपमा आगजनी

काठमाडौं: नेत्र विक्रम चन्द ‘ विप्लव समूह’का सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला ‘ कञ्चन’लाई प्रहरीले पक्राउ गरेको विरोधमा आज नेपाल बन्द भन्दै विप्लव समूह’का कार्यकर्ताले मकवानपुरमा बोलेरो जलाएका छन् ।

काठमाडौं र मकवानपुरको सिमानामा पर्ने हुमाने भञ्ज्याङ नजिकै अज्ञात समूहले पिकअपमा आगजनी गरेको मकवानपुर प्रहरीले बताएको छ।

मकवानपुरबाट काठमाडौं फर्कंदै गरेको बा१३च ७९६९ नम्बरको पिकअप भ्यानमा आगजनीबाट क्षती पुगेको छ ।

आगजानीमा संलग्नहरु बारे प्रहरी अनुसन्धान गरिरहेको मकवानपुर प्रहरीका एसपी सोमेन्द्र सिंह राठौरले न्युजडोकोलाइ बताउनु भएको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *