काठमाडौं : गायक ध्रुब केसीको ७५ वर्षको उमेरमा बिहीबार साँझ निधन भएको छ।
जिउँदै मर्ने जिन्दगीमा व्यर्थै जिउन खोजेँ…’, मायालु हजार हुन्छन् तर माया एक हुन्छ…’, ‘तिम्रो माया कागजको रंगीचंगी फूल जस्तो…’ लगायतका गीत उनले गाएका हुन्।
गायक केसी नारायण गोपाल, बच्चुकैलाश र प्रेमध्वज प्रधान समकालीन गायक हुन्।
ध्रुव नायक भुवन केसीका काका हुन् ।






