Home / Nepal / बुढिगङ्गा गाउँपालिकामा ९० दिने इम्ब्रोडरी तालिम सुरु

बुढिगङ्गा गाउँपालिकामा ९० दिने इम्ब्रोडरी तालिम सुरु

बिराटनगर। मोरङको बुढिगङ्गा गाउपालिका वडा नम्बर २ का महिलाहरुलाई स्वरोजगार बनाउने उदेश्यले वडामा मंगलबार देखि ९० दिने इम्ब्रोडरी तालिम सञ्चालनमा आएका छ।

बुढिगङ्गा गाउपालिका वडा नम्बर २ को आयोजनामा इटहरीमा स्थित एक्सपर्ट टेक्निकल कलेज नेपाल प्रा.लि ले उक्त तालिमको ब्यवस्थापन गरेको हो। बुढिगङ्गा २ स्थित थारु कल्याणकारी भवनमा बुढिगङ्गा गाउपालिका का अध्यक्ष बालाचन्द्र माझी, प्रमुख प्रशासकीय अधिकृत डम्बरु बल्लभ बराल, वडा अध्यक्ष रेवती चौधरी र कार्यक्रम संयोजक केवल पोख्रेलले तालिमको उदघाटन संयुक्त रुपमा गर्नु भएको थियो।

कार्यक्रममा शुभकामना मन्तव्य राख्ने क्रममा गाउपालिका अध्यक्ष एवम प्रमुख अतिथि माझिले तालिम सिकेर स्वरोजगार बन्न सके मात्र तालिम लिएको उपलब्धि हुने बताउनु भयो। त्यस्तै तालिम सिकिसके पछि म यहि सिपको प्रयोग गरेर केही गर्छु भन्ने अठोट लिएर सहभागी हरु गाउपालिकाको कार्यलय आएमा आवस्यक यन्त्र उपकरणहरु पालिकाले खरिद गरेर दिने साथै उत्पादित सामाग्री हरुको बजार पनि पालिकाले नै खोजिदिने पालिका का प्रमुख प्रसासकिय अधिकृत बरालले बताउनु भयो।

सिप बिना अहिलेको समयमा रोजगार प्रदान गर्न नसक्ने अवस्था रहेको बताउदै सिप युक्त ब्याक्तिहरुको बजारमा निकै आवस्यकता रहेको कारण आफुहरुले यस् तालिमका लागि बजेट ब्यवस्थापन गरेको वडा अध्यक्ष रेवती चौधरीले बताउनु भयो। सो अवसरमा कार्यक्रम सम्योजक केवल पोख्रेलले तालिमलाई उत्कृष्ट एवम् प्रभावकारी ढंगबाट संचालन गरिने समेत बताउनु भयो।

कार्यक्रममा प्रशिक्षक मिना माझिले पछिल्लो समयमा इम्ब्रोडरी तालिम प्रति महिलाहरु आकर्षित हुदै गएको बताइन । सो तालिममा वडाभरिका २० जनालाई छनौट गरि उनिहरुलाई तालिममा सहभागी गराइएको सस्थाका प्रतिनिधि कृष्ण खनालले बताउनु भयो। साथै उक्त उद्घाटन समारोहको कार्यक्रम सन्चालन सस्थाका प्रतिनिधि राम मणि बरालले गर्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *