Home / Nepal / News / एकआपसमा मोटरसाइकल ठोक्किँदा कञ्चनपुरको कृष्णपुरमा दुई जनाको मृत्यु

एकआपसमा मोटरसाइकल ठोक्किँदा कञ्चनपुरको कृष्णपुरमा दुई जनाको मृत्यु

महेन्द्रनगर : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कृष्णपुर नगरपालिका–५ आम्खैयामा गएराति मोटरसाइकल एकआपसमा ठोक्किँदा कञ्चनपुरको कृष्णपुरमा दुई जनाको मृत्यु भएको छ। दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

दुर्घटनामा परी सुप. प्र. ०१.००.७१५७ नम्बरको मोटरसाइकल चालक कृष्णपुर नगरपालिका–२ वाणीका ३५ वर्षीय जनक बोहरा र से ६ प ३१६७ नम्बरको मोटरसाइकल चालक धनगढीको गोदावरी राइसमिल नजिक बस्ने २५ वर्षीय आशिष जोशीको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते जोशीको धनगढीस्थित निशंर्ग अस्पताल र बोहराको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।

सोही मोटरसाइकल दुर्घटनामा परी कैलालीको लम्कीचुहा नगरपालिकाका २३ वर्षीय निश्चल राठोर र अभिषेक चुनारा घाइते भएका छन् । उनीहरुको धनगढीमा उपचार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *