घोराही: दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ वनकट्टामा सिलिन्डर ग्यास पड्कीएर ३ जना घाइते भएका छ।
घाइते हुनेमा ३५ वर्षीय लालबहादुर वली र उनकी ३३ वर्षीया श्रीमती गीता वली गम्भीर घाइते भएका छन भने १३ वर्षीय सिजन खड्का सामान्य घाइते भएका छन।
२ जना गम्भीर घाइतेलाइ थप उपचारका लागि काठमाडौं लगिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरिक्षक भलक शर्माले जानकारी दिनु भएको छ।






