Home / Nepal / News / भारतबाट विराटनगरतर्फ ल्याउँदै गरेको ३०० केजी घुँगी बरामद

भारतबाट विराटनगरतर्फ ल्याउँदै गरेको ३०० केजी घुँगी बरामद

विराटनगर : भारतबाट विराटनगरतर्फ ल्याउँदै गरेको ठूलो परिमाणमा घुँगी सशस्त्र प्रहरीले बरामद गरेको छ।

सशस्त्र प्रहरी बल बीओपी बखरीका सशस्त्र प्रहरी निरीक्षक दिलकुमार पन्तको नेतृत्वमा खटिएको टोलीले विराटनगर महानगरपालिका–१६, दरैया सीमानाकाबाट सोमबार ३०० केजी घुँगी बरामद गरेको छ।

बरामद भएको छ बोरा घुँगी प्रहरीले खाल्डो खनेर पुरेको छ। घुँगीमा पौष्टिक पदार्थ अधिक पाइने भएकोले आदिवासी समुदायमा लोकप्रिय छ।

दशगजा हुँदै नेपाल ल्याउन खोज्दा बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक पन्तले बताए। प्रहरीलाई देखेपछि बोरामा ल्याउँदै गरेको घुँगी छोडेर तस्कर फरार भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *