Home / Nepal / News / प्रहरी र राजावादीबीच धकेलाधकेल

प्रहरी र राजावादीबीच धकेलाधकेल

काठमाडौं : २९९औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ। यसै अवसरमा आज सिंहदरबार पश्चिम ढोकास्थित पृथ्वीनारायण शाहको सालिकमा श्रद्धाञ्जलि तथा माल्यार्पण कार्यक्रम आयोजना गरियो।

पृथ्वीनारायणप्रति सम्मान प्रकट गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता–कार्यकर्ता जुलुससहित पुगे। तर, प्रहरीले उनीहरुलाई रोक्न खोज्यो। भिडलाई तितरवितर पार्न प्रहरीले लाठीचार्जसमेत गर्‍यो।

सो क्रममा प्रहरी र राजावादीहरुबीच धकेलाधकेल भएको थियो। यद्यपि, उनीहरुले पृथ्वीनारायणको सालिकमा पुष्पगुच्छा अर्पण गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *