काठमाडौं : मोरङ, सिन्धुपाल्चोक, र सुनसरीमा तीनजना मृत फेला परेका छन्।
मोरङको विराटनगर महानगरपालिका ११, स्थित बसपार्कमा काँकडभिट्टाबाट आएको मे.१ख ३३३३ नम्बरको बसमा झापा केर्खा बस्ने २५ वर्षीय राजकुमार थापा मृत अवस्थामा फेला परेका छन्।
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ११, चेहेरेस्थित सुनकोसी नदीको बीच भागमा सुनकोसी गाउँपालिका ३, कालिका उखुबारी बस्ने ६३ वर्षीय केशवबहादुर थापा मगर मृत अवस्थामा फेला परेका छन्।
यस्तै सुनसरीको धरान उपमहानगरपालिका ६, पञ्चकन्या सामुदायिक वनमा परिचय नखुलेका एक पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।






