काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले प्रदेश ३–०२–०१५ प १७७३ नम्बरको मोटरसाइकल सहित एकजनालाई बालाजुबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धादिङको गल्छी गाउँपालिका–७, मछेडीखोलाका २२ वर्षीय भीमसेन खड्का छन्।
अनुसन्धानको क्रममा उक्त मोटरसाइकलको वास्तविक नम्बर प्रदेश ३–०२–०१४ प ०३३९ भएको खुल्न आएको छ। उक्त नम्बरको मोटरसाइकल भक्तपुरको सिपाडोलबाट हराएको भनी महाशाखामा निवेदन परेको थियो।
पक्राउ परेकालाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी वृत्त, जगाती पठाइएको जनाइएको छ।






