काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) का प्रचण्ड नेपाल समूहका नेता पुष्पकमल दाहाल प्रचण्ड हिजो स्वदेश फर्कनुभएको छ।
पत्नी सीताको उपचारका लागि भारत जानु भएका दाहाल हिजो स्वदेश फर्कनुभएको उहाँको सचिवालयले जनाएको छ।
दाहालको स्वागतका लागि नेकपाका नेता वर्षमान पुन, तथा कार्यकर्ता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । उहाँले पत्नी सीताको उपचार छोरी गङ्गा र रेणु दाहाल लाइ छाडेर स्वदेश फर्कनुभएको बुझिएको छ।
भारत रहदाँ बिभिन्न भारतिय नेताहरू सङं अनौपचारिक भेट गर्नु भएका प्रचण्ड बिरामी पत्नि सितालाइ छोडेर एकाएक स्वदेश फर्कनुलाइ निकै चासोका साथ हेरीएको छ।






